पोखरा, २६ भदौ । युनाईटेड टेर्डस् सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरहरुबाट खरिद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनहरुमा गरिमा विकास बैंकले वाषिर्क १०.५० प्रतिशत व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेडको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यसको साथै पर्यटन व्यवसायीहरुका लागि पनि सो ब्राण्डका सवारीसाधनलाई समेत यो स्किम दिन सकिने बैंकले जनाएको छ। यो कर्जा सुविधा यस बैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुबाट पाइने छ।
काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकका राजधानीमा ६ वटा शाखा कार्यालयहरु सहित देशभर ६१ शाखा कार्यालय संचालनमा रहेका छन्।
चाँडै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सूर्यविनायक, पोखराको रामबजार, दाङको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोलने तयारी रहेको बैकले जनाएको छ । बैंकले हालसम्म निक्षेप तर्फमा २२ अर्ब परिचालन र कर्जातर्फ लगानी २० अर्ब गरिसकेको छ । गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत वोनश सेयर र ३.७५ प्रतिशत नगद लाभांस आगामी साधारणसभाबाट स्वीकृत हुने गरी नेपाल राष्ट्र बैंकमा पेश भएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१