मुक्तिनाथका ग्राहकलाई विशेष छुट

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७५
muktinath

पोखरा, २६ भदौ । मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनबीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट/होटेल ग्रिनबीच भिलेजतर्फका प्रबन्ध निर्देशक प्रविन आचार्यले हस्ताक्षर गरेका हुन् ।

यो सुविधा लिन बैंकको डेविट वा क्रेडिट कार्ड देखाएमात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width