निर्माण व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५
nirman

पोखरा, २४ भदौ ।नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनवाट अध्यक्ष्मा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

लोकतान्त्रिक प्यानलका श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द वराललाई पराजित गरेका हुन् । श्रेष्ठले २१० मत प्राप्त गर्दा वरालले १२३ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजयी वने । उनले २०६ मत पाउदा लोकतान्त्रिकका वलवहादुर रानाले १२२ मत ल्याए । उपाध्यक्षमा पनि वाम गठबन्धनकै हरी लम्साल १७० मत प्राप्त गरि विजयी वने उनका प्रतिष्पर्धी दीपेन्द्र मसारीले १५९ मत पाए ।

सचिवमा वामका सुवर्णश्रेष्ठले १७५ मत ल्याएर विजयी हुँदा लोकतान्त्रिकका टिका भुजेलले १४५ मत पाए । कोषाध्यक्षमा १८३ मत ल्याई लोकतान्त्रिकका लिलकाजी गुरुङ विजयी वने उनका प्रतिष्पर्धी रवि खनालले १४० मत ल्याए ।

सहसचिवमा लोकतान्त्रिकका इ. शिरषकुमार वास्तोला १६१ मत ल्याएर बिजयी वने भने उनका प्रतिश्पर्धी विनोद भण्डारीले १५२ मत पाए ।

सहकोषाध्यक्षमा पनि लोकतान्त्रीक समुहका हिरामणी भण्डारीले १७० मत पाउदा वामका कृष्णप्रसाद ढकालले १४६ मत पाए ।

सदस्यहरुमा धुववावु भट्टराई, आइडीले सर्वाधिक १९६ मत ल्याई विजयी वने ।

त्यस्तै उत्तम सिग्देल १८९, लक्ष्मण पाण्डे १६३, हिक्मतजंग कार्की र ज्ञानेन्द घिमिरेको समान १५८ र संजय कुँवरले १५१ मत पाएर विजयी वने । सदस्यमा विजयी भट्टराई, कार्की र घिमिरे लोकतान्त्रिक प्यानलका हुन् भने सिग्देल, पाण्डे र कुँवर वाम प्यानलका हुन् ।

खुलातर्फको सदस्यमा ६ जना मात्रै टिमभित्र पर्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width