पोखरा, २४ भदौ । पोखराको लामाचौरमा जारी तीज महोत्सवमा सोमबारदेखि महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ सहितको ५ टिमको सहभागिता छ । खेल तालिका सार्वजनिक भएपश्चात नेपाल पुलिस र जाउलाखेल प्रतियोगितामा प्राविधिक कारण वस सहभागि नहुने बताइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, सोमबार एपिएफ र चितवन र्टाईगर बिच खेल हुने भएको छ भने न्यू र्डाईमण्ड र त्रिभुवन आर्मी क्लवबीचको लिग खेल हुनेछ । विजेतालाई यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महोत्सव अन्तरगत आइतबार पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहे । आइतबार सम्पन्न भएको नरबहादुर बानिया स्मृति प्रदेशस्तरिय सितेरियो कराँते प्रतियोगिताको उपाधि गोर्खा जिल्लाले जितेको छ ।
गोर्खाले ३ स्वर्ण४ रजत पदक सहित प्रथम हुदै उपाधिको हात पारेको हो । ३ स्वर्ण२ रजत पदक सहित लमजुङ दोश्रो भयो भने कास्कीले २ स्वर्ण३ रजत पदक ल्याउँदै तेश्रो भएको छ । प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ सहित गण्डकी प्रदेशका ८ जिल्लाका खेलाडीहरु सहभागिता थियो ।
त्यसैगरी, अन्तरमावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको लागि टप्स मावि र करुणानिधि फाउण्डेसन केफबीच सोमबार फाइनल खेल हुने आयोजकले जनाएको छ । आईतबार बर्षादका कारण उक्त खेल स्थगित भएको हो । टप्सले पहिलो सेमिफाइनल खेलमा गोर्खा स्कुललाई २५-१०, २५-१० र २५-५ को सोझो सेटमा पन्छाउँदै फाइनलयात्रा तय गर्यो । दोश्रो खेलमा भने केफले कास्की मोर्डनाइज्ड एकेडेमीलाई २५-१५, २५-१३ र २५-९ को सोझो सेटमा पन्छाउँदै फाइनल प्रवेश गर्यो ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९