लामाचौर तीज महोत्सवमा

आजदेखि राष्ट्रिय महिला भलिवल

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५

पोखरा, २४ भदौ । पोखराको लामाचौरमा जारी तीज महोत्सवमा  सोमबारदेखि महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ सहितको ५ टिमको सहभागिता छ । खेल तालिका सार्वजनिक भएपश्चात नेपाल पुलिस र जाउलाखेल प्रतियोगितामा प्राविधिक कारण वस सहभागि नहुने बताइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, सोमबार एपिएफ र चितवन र्टाईगर बिच खेल हुने भएको छ भने न्यू र्डाईमण्ड र त्रिभुवन आर्मी क्लवबीचको लिग खेल हुनेछ ।  विजेतालाई यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सव अन्तरगत आइतबार पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहे । आइतबार सम्पन्न भएको नरबहादुर बानिया स्मृति प्रदेशस्तरिय सितेरियो कराँते प्रतियोगिताको उपाधि गोर्खा जिल्लाले जितेको छ ।

गोर्खाले ३ स्वर्ण४ रजत पदक सहित प्रथम हुदै उपाधिको हात पारेको हो । ३ स्वर्ण२ रजत पदक सहित लमजुङ दोश्रो भयो भने कास्कीले २ स्वर्ण३ रजत पदक ल्याउँदै तेश्रो भएको छ । प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ सहित गण्डकी प्रदेशका ८ जिल्लाका खेलाडीहरु सहभागिता थियो ।

त्यसैगरी, अन्तरमावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको लागि टप्स मावि र करुणानिधि फाउण्डेसन केफबीच सोमबार फाइनल खेल हुने आयोजकले जनाएको छ । आईतबार बर्षादका कारण उक्त खेल स्थगित भएको हो । टप्सले पहिलो सेमिफाइनल खेलमा गोर्खा स्कुललाई २५-१०, २५-१० र २५-५ को सोझो सेटमा पन्छाउँदै फाइनलयात्रा तय गर्‍यो । दोश्रो खेलमा भने केफले कास्की मोर्डनाइज्ड एकेडेमीलाई २५-१५, २५-१३ र २५-९ को सोझो सेटमा पन्छाउँदै फाइनल प्रवेश गर्‍यो ।

Related News

सम्बन्धित समाचार

hero news full width