लेखनाथ, २४ भदौ ।घरेलु मैदानको फाइदा उठाउँदै आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को फाइनल प्रबेस गरेको छ । प्रतिकुल मौसमका बाबजुद पनि क्लवले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफमाथि ४-० को शान्दार जित हात पार्दै उपाधि नजिक पुगेको हो ।
आदर्श क्लवको जितमा विमल राना, देवप्रसुाद गुरुङ, सरेन क्षत्री र म्यान अफ दी म्याच घोषित भिसन गुरुङले एक/एक गोलको योगदन दिए । आदर्श क्लवले सोमबार हुने दोश्रो सेमिफाइनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङजाबीचको विजेतासँग भदौं २७ गते फाइनल खेलमा प्रतिस्प्रधा गर्नेछ ।
पहिलो हापमा गोलरहित खेल बराबरीमा टुंगिएपनि दोश्रो हाफको सुरुवातमा पेनाल्टीमार्फत एक गोलले पछि परेको एपीएफले कम व्याक गर्न सकेन । दोश्रो रोजाईका खेलाडीहरु ल्याएको एपीएफले दोश्रो हाफमा पहिलो रोजाइका गोलरक्षक अजित विक घाइते हुनु दुर्भाग्य रहृयो ।
खेलको करिब १५ मिनेट बाँकी छदा रेडकार्ड पाएका विजयसिंह ठकुरी मैदानबाट बाहिरएका थिए ।
दोश्रो हाफको खेल सुरुभएसंगै ठूलो बर्षाका कारण केही दर्शकले पानीमा भिज्दै फुटवल हेरेका थिए भने केही आफ्नो गन्तव्यमा लागेका थिए ।
एपीएफका कप्तान चक्र क्षेत्रीले रेफ्रीको गलत निर्णायको कारण आफूहरुको पहिलो रोजाईको गोलरक्षक घाइते भएको हुँदा हार व्यहोर्र्नुपरेको बताए । आदर्शका प्रशिक्षक विश्वास गुरुङले आफूहरुले घरेलु मैदानको फाइदा उठाउन सक्दा जित सहज भएको बताए ।
यसैबीच, सोमबार दोश्रो सेमिफाइनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङ्जाबीच हुनेछ ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१