वरिष्ठ लोकगायिका कोइरालालाई राष्ट्रिय स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५
FB_IMG_1536486121490

पोखरा, २४ भदौ। सहयात्रा मौलिक स्रष्टा सम्मान-२०७५ बाट पोखराकी वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको छ। नेपाली मौलिक लोक, कला, भाषा, साहित्य, गायन तथा संकलनमा करिब पाँच दशकदेखि पुर्‍याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सम्मान गरिएको हो।

सहयात्रा नेपालले राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनलाई कदरपत्र, दोसल्लासहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको हो। भूमी व्यवस्था, सहकारी, गरिबी निवारणमन्त्री पद्मा अर्यालले उनलाई सम्मान गरेकी हुन्। नेपाली मौलिक लोक, कला, भाषा, साहित्य, गायन तथा संकलनका क्षेत्रमा सो सम्मान पाउने उनी पहिलो स्रष्टा हुन्। कार्यक्रममा मन्त्री अर्यालले मौलिक लोक, कला, भाषा र साहित्य मुलुकको सम्पत्ति भएको बताइन्। उनले हरेक क्षेत्रमा योगदान पुर्‍याउनेलाई यसरी नै सम्मान गरिनु खुशीको कुरा भएको बताइन्। मन्त्री अर्यालले शिष्ट र सरल स्वभावकी धनी बरिष्ठ लोकगायिका कोइरालाले सवैको मन जित्न सफल भएको उल्लेख गरिन्।

सम्मानित व्यक्तित्व कोइरालाले सम्मानले आफूलाई हौसला थपेको बताइन्। यसैबीच, बरिष्ठ लोकगायिका कोइरालाको गीत यस वर्षको तीज गीतको मौलिक गीतमध्येबाट उत्कृष्ट सातमा पर्न सफल भएको छ।

उनकोसँगै बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, रिता थापा, विष्णु माझी र हरि विष्टको गीत उत्कृष्ट सातमा पर्न सफल भएको हो। सहयात्रा नेपालले उनीहरुलाई दोसल्लासहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा लोकगायक दुर्गा रायमाझीले मौलिक संस्कृतिबारे बोलेका थिए। सहयात्रा नेपालका कार्यक्रम निर्देशक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम संयोजक मिना बज्राचार्यले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width