मल्याङकोट-पोखरा मञ्चको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ । मल्याङकोट-पोखरा सपर्क मञ्चको आठौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा ८० वर्ष पूरा गरेका मञ्चका ज्येष्ठ सदस्य गुप्तबहादुर थापालाई मञ्चले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्‍यो ।

त्यसैगरी, विदेशमा रहेर हाल बिदा मनाउन स्वदेश फर्किएका दीपक मल्ल, सुरेन्द्र खाँड, गुमानसिंह गुरुङ, डा शिरीष खाँड र संचारकर्मी रीमा शाहीलाई मञ्चले सम्मानपत्र गर्‍यो ।

गत वर्षको एसर्इइ परीक्षा उत्तीर्ण रुविशा खाँड र दिवस मल्ललाई पनि सम्मान गरियो ।

उनीहरुलाई प्रमुख अतिथि रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराकी इन्द्रा गुरुङ, मञ्चका अध्यक्ष नेत्रबहादुर सेन र सल्लाहकार अशीलकुमार शाहीलगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा सचिव सन्तबहादुर गुरुङले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सु.मे. गोविन्दबहादुर खाँडले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि गुरुङले मञ्चले सेयर सदस्यहरुलाई समेटेर उदाहरणीय कार्यहरु गरेको उल्लेख गरिन् ।

कार्यक्रममा मञ्चका सल्लाहकार निर्मल गिरी, रेडियो नेपाल पोखराकी कार्यक्रम अधिकृत शान्ति राणा शाही र मञ्चका पूर्व अध्यक्ष रुकबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मञ्चका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टुकबहादुर सारुमगरले स्वागत मन्तव्य र सचिव सन्तबहादुर गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width