हेमजा, २३ भदौं । ढिकुरपोखरी युवा संजालको आयोजनामा ढिकुरपोखरीमा शनिबार तीजमेलाका शुरु भएको छ ।
यसैबीच, मेलाको प्रमुख आकर्षण खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक बी टिमले फेदी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै जित हासिल गरेको छ । अको खेलमा इन्द्रेणी फुटबल क्लबले विष्णुपादुका क्लब हेमजालाई १-० गोलअन्तरले हरायो ।
यसअघि मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी खेलमैदानको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने औँल्याए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले संस्कार, संस्कृति जोगाउने दायित्व आमनागरिकको भएको बताइन् ।सो अवसरमा अन्नपूर्ण घर भएका विनोद कुँवर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता भएकोमा सम्मान गरियो । उनले आफू जन्मको ठाउँलाई सबैले माया गर्नुपर्ने बताए ।
अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवरले मेलालाई निरन्तरता दिनुपर्ने बताए । अन्नपूर्ण २ का अध्यक्ष चूडामणि अधिकारीले नेपाली संस्कृतिको महत्व बिस्तारै हराउँदै गएकोमा गुनासो गरे ।
मेला संयोजक विकास गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वडा २ का अध्यक्ष चूडामणि अधिकारीले स्वागत तथा महासचिव दिल जिसीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१