पत्रकार नेपाललाई मेघाको सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ । यस दैनिकका सहायक सम्पादक विजय नेपाललाई मेघा एफएम ९४.५ मेगाहर्जले सम्मान गरेको छ ।

तीज अवसरमा एफएमले शनिवार आयोजना गरेको मेघा खुला तीज गीत प्रतियोगिताबीच पत्रकारिता मार्फत सामाजिक योगदान पुर्‍याएको कदरस्वरुप प्रमुख अतिथि गायक बाबा राणाले उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेकी हुन् । १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेपाल राजधानी दैनिकका पोखरा संवाददाता समेत हुन् । प्रमुख अतिथि बाबा राणाले एफएमको प्रगतिको कामना गर्दै गीत-संगीतलाई माया गर्नुपर्ने बताइन् । सम्मानित व्यक्तित्व विजय नेपालले सम्मानले अझ उत्प्रेरणा थपेको बताए ।

एफएमका प्रबन्ध निर्देशक देशभक्तसिंह कुँवरले प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।

सो अवसरमा गायक/गायिका कुमार पुन, सीता केसी, सुरेन्द्र गुरुङ, रामजी पौडेल, नेत्र खड्का लगायतले गायन प्रस्तुत गरेका थिए । यसैबीच, तीजगीत प्रतियोगितामा प्रथम कामधेनु कृषक समूह हेमजा, दोस्रो सक्षम अभियान नेपाल, विन्ध्यवासिनी, तेस्रो दिदीबहिनी समूह लेखनाथ र सान्त्वना दिदीबहिनी समूह चाउथे भएको प्रतियोगिता संयोजक ऋषिराम दाहालले जानकारी दिए । ९ टिमले भाग लिएको प्रतियोगितामा उत्कृष्ट नृत्यको पुरस्कार बिन्दा अधिकारीले पाइन् । प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार, तृतीयलाई ६ हजार र सान्त्वनालाई ३ हजार साथमा प्रमाणपत्र प्रदान गरियो ।

एफएम अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक दाहाल, स्वागत नृत्य वर्षा क्षत्री तथा संचालन संचारकर्मी तिर्सना गुरुङ र अम्बिका राणाले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा वर्षा क्षेत्रीले स्वागत नृत्य प्रस्तुत गरिन् । निर्णायकमा गीतकार सुमन श्रापित, गायक कुमार पुन र गायिका सीता केसी थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width