डा बराल अमेरिकामा सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिका-२, बरालगाउँका डा रामचन्द्र बराल अमेरिकामा ‘द प्रेसिडेण्टस् भोलुन्टिरियर सर्भिस अवार्ड-२०१८’ द्वारा पुरस्कृत भएका छन्।

अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिएको सो पुरस्कार साउथ क्यारोलाइनमा हालै आयोजित एक सामारोहमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुरस्कार डा रामचन्द्र बराललाई हस्तान्तरण गरेका थिए।द ह्वाइट हाउस वासिङटनद्वारा प्रकाशित विज्ञप्तिमा उनलाई बधाई ज्ञापन गर्दै भनिएको छ, अमेरिकास्थित नेशनल एण्ड कम्युनिटी सर्भिसको तत्वावधानमा डा रामचन्द्रले आफ्नो स्वयंसेवाद्वारा अमेरिकी राष्ट्र तथा समुदायलाई प्रत्यक्ष सेवा पुर्‍याएको तथा त्यहाँको कठिनतम् परिस्थितिमा पुर्‍याएको आड भरोसाप्रति ‘तपाईले अमेरिकन स्पिरिट तथा गरिमालाई उजागर गर्नुभएको तथा मानवीय सेवालाई प्राथमिकता दिने हाम्रो अमेरिकन परम्परालाई प्रदान गर्नु भएको सेवाप्रति हामी तपाईप्रति गौरवान्वित छौ।’

अन्त्यमा भनिएको छ, ‘हाम्रो राष्ट्रिय सेवा संस्कृतिलाई निरन्तरता दिन तपाईको योगदान बन्दनीय रहनेछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width