जनसहकारीको नवौं साधारण सभा

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ।जनसहकारी उपभोक्ता सहकारी सस्था लि. पोखरा-१७ को नवौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभासद प्रभा कोइरालाले सहकारी बलियो बनाउने स्थिर सरकारको आवश्यकता भएकाले अब सहकारी बलियो बनाउन सजिलै हुने बताइन्।

कार्यक्रममा कृषि सहकारी मन्त्रालयका उप-सचिव माधव लम्सालले प्रादेशिक संरचना बलियो भएपछि सहकारी बलियो हुने बताए।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य हरि बराल, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम शर्मा भण्डारीलगायतले मन्तव्य राखेका थिए। सो अवसरमा उत्कृष्ट कर्मचारी, बचतकतालाई सम्मान गरिएको थियो।

तीर्थराज ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कृतिराज ढकालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width