वडा ३० का टोल विकासबीच छलफल

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५
phola 30 tool

लेखनाथ, २१ भदौ। पोखरा महानगरपालिका वडा ३० र स्थानीय विभिन्न ३९ वटा टोल विकास संस्थाबीच छलफल भएको छ।

वडा ३० का वडाध्यक्ष श्रीराम पोख्रलको अध्यक्षतामा भएको छलफलले वडामा टोल विकास संस्थाले गर्दै आएका कामको समीक्षा र स्थानीय विकास गर्नेबारे टोल विकास संस्थाका अध्यक्षहरुले सुझाव दिएका थिए।

कार्यक्रममा ठूलढुंगा टोल विकास संस्थाबाट खेमराज बास्तोला, शिशुवा टोल विकास संस्थाबाट नवीन जमरकट्टेल, भूगोलपार्क टोल विकास संस्थाबाट झमबहादुर पुन, देउराली टोल विकास संस्थाका काशिनाथ ओझा, शिवालय टोल विकास संस्थाका चिरञ्जीवी तिवारी लगायतले वडा कार्यलय र टोल विकास संस्थाको समन्वयबाट मात्र समृद्ध वडा बन्न सक्नेमा जोड दिए।

कार्यक्रममा वडाको भूगोल तयार पार्ने, सरसफाइ, छाडा पशु नियन्त्रण, अन्य विकास निर्माण लगायत विषयमा छलफल गरी विभिन्न सुझाव आएको वडासचिव तथा कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

स्वागत मन्तव्य वडा सदस्य शारदा बास्तोला र संचालन सहसचिव दीपक कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width