सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५

पोखरा, २० भदौ । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । पोखरामा विहीवार सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ ।

यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको पोखराले विहीबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए । अन्य प्रदेशका मुख्यमन्त्रीहरु पनि केन्द्र सरकारको कामप्रति सन्तुष्ट छैनन् । विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ ।

सार्वजनिक कार्यक्रमहरुमै मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारप्रति असन्तुष्टी जनाइरहेका छन् । गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार १, २ र ३ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु पोखरा झरिसकेका छन् । बाँकी पनि विहीवार बिहानै आइपुग्ने बताइएको छ ।

बैठकमा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौती विषयमा छलफल हुनेछन् । स्रोतका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने तयारी गरेका छन् । त्यसैका लागि बैठक बोलाइएको बुझिएको छ । मुख्यमन्त्रीहरूको भेला पाँचतारे होटल ग्राण्डमा आयोजना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width