एक्सेस एजुकेसन फेयर आज

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५

पोखरा, २० भदौ। एक्सेस एजुकेसन नेर्टवर्क पोखराले ‘एक्सेस एजुकेसन फेयर’ आज -विहीवार) आयोजना गर्दैछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्यानाडा जान इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी फेयर आयोजना गरिएको एक्सेसका पोखरा शाखा निर्देशक राजन भण्डारीले जानकारी दिए। सिटी स्क्वायर बैंक्युट न्यूरोडमा हुने फेयरको तयारी पूरा भएको उनले बताए ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्यानाडाका करिब २६ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि फेयरमा सहभागी हुनेछन्।

भण्डारीले भने, ‘तीनै देशका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थी फेयरबाट लाभान्वित हुनेछन्।’ एउटै स्थानमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर सही परामर्श लिने अवसर मिल्ने उनले बताए।

ती देशका कुन कलेज तथा युनिभर्सिटीमा कुन विषय पढ्दा भविश्य राम्रो हुन्छ, करियर कस्तो हुन्छ, पिआर लिने प्रक्रिया के छ, जाने प्रक्रिया, डकुमेन्टेसन लगायतबारे प्रश्नको सही जवाफ फेयरमा विद्यार्थीलाई जानकारी दिइने काउन्सेलर रोशन अधिकारीले बताए। स्पट एसेसमेन्टको सुविधा समेत रहेको फेयरमा विद्यार्थीलाई स्कलरसिपको सुविधा पनि उपलब्ध गराइने बताइएको छ।

फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट हृयाम्परको व्यवस्था गरिएको एक्सेसका प्रबन्ध निर्देशक पुष्पराज पौड्यालले बताए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width