हेमजा, २० भदौ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहरि कडरियाले नेपालको कृषि क्षेत्रमा कोठे तालिम र झोले कृषक बाधक भएको बताएका छन् ।
शिक्षा दिवस सन्दर्भमा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, हेमजाले आयोजना गरेको आयआर्जन समूहका लागि सीपमा आधारित पाँचदिने तरकारी खेती तालिम तथा कृषि उपकरण हस्तान्तरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले कास्कीको कृषि क्षेत्रमा कोठे तालिम धेरै हुने गरेको तथा झोले कृषक पनि धेरै भएकोले वास्तविक कृषक ओझेलमा परेको बताए।
कडरियाले कृषकले बढी पैसा कमाउने लोभमा विभिन्न रासयनिक पदार्थ हाली कृषि उत्पादन बढाउनु मानव स्वास्थ्यका लागि अत्यन्तै घातक हुने औँल्याउँदै कृषि उत्पादन कर्ता र उपभोक्ताबीचको दुरीलाई कम गर्नुपर्नेमा जोड दिए।
शिक्षा विकास समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले अबको कृषि निर्वाहमुखीबाट रुपान्तरण हुँदै आयआर्जनमुखी बनाउनुपर्ने सुझाव दिए ।
वडाध्यक्ष शोभाकर तिम्सिनाले तालिम नजानेका कुरा सिक्ने थलो भएको जनाए।
शिक्षा तथा मानव विकास स्रोतकेन्द्रका शाखा अधिकृत विमला मिश्रले सिकाइ केन्द्रहरुलाई संजालको रुपमा विकास गरिनुपर्नेमा जोड दिइन्।
उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विष्णुकुमारी श्रेष्ठ, सल्लाहकार मधुसुदन त्रिपाठी, संस्थापक भीमप्रसाद श्रेष्ठ, वडासचिव इश्वरीप्रसाद बास्तोला लगायतले पनि बोलेका थिए।
तालिममा विभिन्न आयआर्जन समूहका सदस्यको सहभागिता जनाए । शिक्षा तथा मानव विकास स्रोतकेन्द्रको विशेष भूमिका र युनेस्को काठमाडौंको आर्थिक सहयोगमा तालिम भएको हो।
केन्द्रका अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बहुउद्देश्यीय सामाजिक विकास संस्थाका अध्यक्ष कमलमणि त्रिपाठीले स्वागत तथा केन्द्रकी सचिव परिचालक गंगा त्रिपाठीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१