विक परिवारलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५

हेमजा, २० भदौ। हेमजाको विपन्न विक परिवारलाई ओखलढुंगा निवासी संघर्ष राईको पहलमा सहयोग गरिएको छ ।

याम्दी निवासी रीना मगर विकको परिवारलाई सिद्धिचरण नगरपालिका-४, ओखलढुंगा हाल बेलायती सेनामा कार्यरत राईको पहलमा संकलित ५० हजार एक कार्यक्रमबीच प्रदान गरिएको हो।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ, नेकपाका केन्द्रीय सदस्य दिलु पन्त, वडा २५ का अध्यक्ष शोभाकर तिम्सिना, युवा संघका केन्द्रीय सचिव पूर्ण लामा, नेकपाका जिल्ला सदस्य शोभाकर भण्डारी, समाजसेवी कृष्णबहादुर कुँवर लगायतको टोलीले पत्रकारको उपस्थितिमा सो रकम हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिलु पन्तले दीनदुःखीको सेवा गर्नु आमनागरिकको कर्त्तव्य भएको जनाउँदै सहयोगको सदुपयोगको अपेक्षा गरिन् ।

पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सहयोगी व्यक्ति एवं संघसंस्थाप्रति आभार प्रकट गर्दै वडाले यतिबेला विक परिवारको बसाइँलाई व्यवस्थित गर्न खोजेको जनाए।

कार्यक्रम युवा संघका केन्द्रीय सचिव लामाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width