निर्माण व्यवसायी संघको लोकतान्त्रिक प्यानल घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५

पोखरा, १६ भदौ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ ।

अधिवेशनलाई लक्षित गरी नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानलसहितको उमेद्धारी घोषणा गरेको हो । उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको नेतृत्वमा प्यानल बनाएको छ । लोकतान्त्रिक समुहको बरिष्ठ उपाध्यक्षमा बलबहादुर राना, उपाध्यक्षमा दीपेन्द्र मरासिनी, सचिवमा टेकबहादुर भुजेल, सहसचिवमा शिरसकुमार बास्तोला, कोषाध्यक्षमा लिलकाजी गुरुङ, सह-कोषाध्यक्षमा हिरामणि पोखरेल छन् ।

सदस्यहरुमा होमबहादुर भुजेल, धुवबहादुर भट्टराई, ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्धिमान तामाङ, हिक्मतजंग कार्की छन् । बाम गठबन्धनका तर्फबाट भने अन्य सदस्य र पदाधिकारीको नाम घोषणा भएको छैन ।

उमेदवार परिचय तथा घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रबादीहरुको एकता आवश्यक रहेको बताए । उनले काँग्रेसले हार्दा लोकतन्त्र पराजित हुने र देश खतरामा पर्ने बताए ।

प्रदेश सांसद बिन्दुकुमार थापाले व्यवसायीको हकहितका लागि लोकतान्त्रिक समूहले जित्नैपर्ने दवाव रहेको बताए । नेपाल निर्माण व्यवसायी संघ कास्कीमा ४ सय १३ जना सदस्यहरु छन् । उम्मेदवारहरुको परिचय प्रकाश खनालले गराएका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width