सिद्धी-सेतुलीको छात्रवृत्ति वितरण

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५

पोखरा, १६ भदौ । सिद्धी सेतुली स्मृति प्रतिष्ठानले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग गरेको छ ।

शनिबार विशेष कार्यक्रमबीच प्रतिष्ठानले ५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । मैत्री शिक्षा समूहअन्तर्गत सरस्वती आदर्श विद्याश्रमका ३, गण्डकी एजुकेशन फाउण्डेशन, न्यू ग्यालेक्सी र जनप्रिय क्याम्पसका एक/एक तथा विन्ध्येश्वरी माविका २ जनालाई छात्रवृत्ति दिइएको हो ।

यस्तै, ज्ञानभुमी स्कुलका ४ जना विद्यार्थीलाई शान्तरत्न शाक्य जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । कन्या माविका १२ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ भने नवप्रभात स्कुलका १४ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै कन्या क्याम्पसका ८ जना विद्यार्थीलाई ७ हजारका दरले र वालमन्दिर माविका १० जनालाई छुट्टाछुट्टै छात्रवृत्ति दिइएको छ ।

प्रतिष्ठानले गएको बैशाखमा पहिलो चरणको ७४ जना विद्यार्थीलाई ६१ हजार १ सय ९१ रुपैयाँका् शैक्षिक सामग्री प्रदान गरेको थियो भने शनिवार दोश्रो चरण अन्तरगत ३ लाख ३० हजार ६ सय रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रतिष्ठानले २०६४ सालदेखि हरेक २ बर्षमा वालबालिका, महिला र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संस्थालाई १ लाख रुपैयाँको पुरस्कार प्रदान गर्दछ भने २०६८ सालदेखि बालशिक्षा कार्यक्रम अन्तरगत शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्दै आएको छ । शनिबार बाबाको स्मृति र आमाको जन्मजयन्तीको अवसरमा छात्रवृत्ति वितरण गरिएको बालशिक्षा कार्यक्रम सञ्चालन समितिका संयोजक विश्रत्न शाक्यले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखराका प्राइभेट स्कुल संस्थापक विकल शेरचनले प्रतिष्ठानले सबैका लागि उदाहरणीय काम गरेको बताए । उनले अरु संस्थाले पनि यस्ता कार्यक्रमको सिको गर्नुपर्ने बताए ।

आमन्त्रीत ब्यक्ति तारा पाखे, विद्यार्थीहरु सन्ध्या रामदास र धनराज मिनारलगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कल्याण पन्तले गरेका थिए भने उपाध्यक्ष विद्या गुरुङले स्वागत गरेकी र्थिन् ।

सोही अवसरमा बालहित कोषमा काहुँका रामचन्द्र आचार्य र भरतचन्द्र आचार्यले आमाको बाषिर्कीमा ५५ हजार १ सय १० रुपैयाँ सहयोग गरेका थिए भने काठमाण्डौंका मणिकरत्न शाक्य र चन्द्रशोभा शाक्यले ६१ हजार सहयोग गरेका थिए । उनीहरुलाई संरक्षक सहयोगीको सदस्यता दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width