Worldlink ads

ढिकुरपोखरी समाजको पाँचौं अधिवेशन

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५

पोखरा १६ भदौ।ढिकुरपोखरी समाज पोखराको ११ औं वाषिर्क साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ।

उक्त अधिवेशनको उद्घाटन वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका थिए। त्यस अवसरमा उनले जलवायु अनुसन्धानको क्षेत्रमा विभागले अन्नपूर्ण गाउँपालिका तथा समाजसँग सहकार्य गर्न सक्ने बताए।

उनले संस्था सञ्चालन र दिगो व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिकुरपोखरी समाजले आफूलाई गतिशील बनाउँदै गर्व गर्न लायक संस्थाको रुपमा परिचय स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे।

पोखरा उपमहानगरपालिकामा आफूँ प्रमुख कार्यकारी अधिकृत रहँदाका क्षणस्मरण गर्दै उनले भयावहस्थिति रहेकोमा आफूले धेरै सुधार गरेको दावी गरे।

ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले समाजबाट २०६८ मा सहकारी स्थापना भई समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन अग्रसर रहेको बताए।

संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले नेतृत्व तथा भातृत्व विकासमा समाजको महत्वपूर्ण योगदान भएको बताए।

समाजका सल्लाहकार आशबहादुर गुरुङले अन्याय, अत्याचार विरुद्ध समाजले आवाज उठाउनुपर्ने भन्दै मानिस पार्टीभन्दा पनि पहिले स्वतन्त्र नागरिक रहेको उल्लेख गरे।

सल्लाहकार कुलबहादुर गुरुङ कुलुले आफ्नो समाजको विकासमा सबै लाग्नुपर्नेमा जोड दिँदै हिन्दूराष्ट्र कायम गर्न एकबद्ध हुनुपर्ने बताए।

सदस्य टिकाराम अधिकारी, गायत्री अधिकारीलगायतले समाजको सदस्यता वृद्धि गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गोविन्दप्रसाद अधिकारीले कविता वाचन गरेका थिए।

समाजका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अधिवक्ता विष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

यसैगरी सचिव बाबुराम भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

सोही समारोहबीच समाजले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। यसरी सम्मानित हुनेमा कलाकार जीवन दाहाल, पूर्व अध्यक्ष आशबहादुर गुरुङ, चामे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी र सहयोगदाता गोविन्द सुवेदी रहेका छन् । यसैगरी कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग