Worldlink ads

चापापानी बचतको नवौं साधारण सभामा सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५
Chapapani

लेखनाथ, १६ भदौ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफ्नो सहकारी उत्कृष्ट बनाउन सबै लाग्दा समाज समृद्ध बन्ने बताएका छन्। पोखरा-१२ पुरानोधारास्थित चापापानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वाषिर्क साधारण सभाको शनिवार उद्घाटन गर्दै नगरप्रमुख जिसीले भने- सहकारी भनेको सहकार्य हो । पोखरा महानगरभित्र तीन सय १९ वटा सहकारी रहेको उल्लखे गर्दै उनले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताए। वडा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले चापापानी बचत तथा ऋण सहकारी एक व्यवस्थित सहकारीको रुपमा रहेको बताए।

अध्यक्षको आसनबाट सहकारीका अध्यक्ष नरेशबहादुर कार्कीले सहकारीले आफ्नै सुविधासम्पन्न भवनबाट कारोबार गर्दै आइरहेको र आठ सय ६६ शेयर सदस्य रहेको बताए।

साथै उनले शेयर पूँजी पाँच करोड आठ लाख बचत संकलन १८ करोड ६० लाख र ऋण लगानी २० करोड २९ लाख पुगेको उल्लेख गरे।

यसैगरी कल्याणकारी कोषको क्षेत्र विस्तार गरी छात्रवृत्ति, दैवीप्रकोप राहत, वृद्धाश्रद्धमा राहत, स्वास्थ्य शिविर आदि कार्यक्रम सञ्चालन गरिएको बताए।

संस्थाका उपाध्यक्ष सीतादेवी बास्तोलाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सदस्य भगवती बास्तोलाले गरेकी थिइन्।

सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ।

यसरी सम्मानित हुनेमा दश जोड दुर्इ माथिल्लो तहमा उत्तीर्ण विद्यार्थी, कल्याणकारी कोषबाट दिवंगत भएका शेयर सदस्यका परिवारलाई आर्थिक नगदसहित सम्मान गरिएको थियो। यस्तै उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रबन्धक करुणा शाही कार्की, लेखासहायक मिनाकुमारी राउत रहेका छन्। यस्तै उत्कृष्ट बचत तथा असल कर्जा व्यवस्थापन गर्ने शेयर सदस्यतर्फ श्रवणकुमार भुज र सीतादेवी सापकोटा रहेका छन्।

Related News

सम्बन्धित समाचार

    • नव सिद्धार्थ सहकारीमा भवानी माकाजु

      आदर्श समाज सम्वाददाता पौष २९, २०७८
      हेमजा।पोखरा महानगरपालिका–८, वगालेटोल स्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को बुधवार सम्पन्न विशेष साधारणसभाले भवानी माकाजुको अध्यक्षतामा…
    • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

      रासस पौष २६, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • लेखनाथमा अनाधिकृत व्यवसाय निरुत्साहित गरिने

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना इजाजत सञ्चालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने…
    • शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । पोखराको न्युरोडमा शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा आएको छ । केही समय बन्द रहेर पुन सञ्चालनमा आएको इम्पोरियमको…
    • नेप्सेमा उच्च अङ्कको वृद्धि

      रासस पौष २५, २०७८
      काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक…

    hero news full width