Worldlink ads

कृषि उपज बजारमा राधिका

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५

पोखरा, १६ भदौ । कृषि उपज बजार पोखरा-९ अन्तर्गत महिला समूहको तेस्रो अधिवेशनले राधिका थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समिति उपाध्यक्ष मीना गिरी, सरस्वती श्रेष्ठ, सहसचिवमा रञ्जिला अधिकारी र कोषाध्यक्ष रेणु हमाल छन्।

सदस्य कल्पना थपलिया, अस्तिमा ढकाल, सीता कोइराला, विदिसा उप्रेती, रीता लामिछाने, मीना अधिकारी, गंगा अर्याल, सिर्जना सुवेदी, सञ्चिता मैनाली चयन भए। सल्लाहकार मीठु गिरी, माया दुवाडी, यशोदा खनाल चयन भए । अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले उद्योग व्यवसायको माध्यमबाट समाजलाई समृद्धिको बाटो अगाडि बढाउने बताइन्। कार्यक्रममा वडाध्यक्ष रामराज लामिछाने, समाजसेवी निर्मल बास्तोला, कर्णगिरीले समूहको गतिविधिबारे बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width