Worldlink ads

नवलपुरमा जिल्ला अस्पताल, प्रदेशसभामा २ विधेयक

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७५

पोखरा, १३ भदौ । जिल्ला टुक्रिएर दुर्इ प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पतालविहीन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल स्थापनाका लागि पहल थालेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गरिदिन केन्द्र सरकारसँग माग गरेको छ । अस्पतालको क्षमता ५५ शैया छ । ‘सबै उपकरण सहित जग्गासम्म सरकारलाई दिन तयार हुनुहुन्छ । संरचना बनिसकेकोले यसैलाई जिल्ला अस्पतालको रुपमा अघि बढाउँदा सजिलो हुन्छ,’ प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘जिल्ला समन्वय समितिदेखि सरोकारवाला निकायले पनि सरकारी अस्पताल बनाउन सिफारिस गरेका छन् ।’

यस्तै, सरकारले थप ६ वटा स्वास्थ्य कार्यालय खोल्नका लागि स्वीकृति मागेको छ । ११ वटा जिल्लालाई ५ वटामात्रै स्वास्थ्य कार्यालय चलाउने अनुमति सरकारले दिएको थियो । तर भेग नमिलेका कारण हरेक जिल्लामा स्वास्थ्य कार्यालय आवश्यक पर्ने बस्नेतको भनाइ छ । नवलपुर र गोरखालाई एउटा स्वास्थ्य कार्यालय भनेको छ । तनहुँ, स्याङ्जा र कास्कीलाई एउटा कार्यालय कास्कीमा बस्छ, मनाङ र लमजुङको कार्यालय लमजुङमा राख्नू भनेको छ,’ बस्नेतले भने, ‘यति धेरै असमान जिल्लालाई एउटै कार्यालयले हेर्न सम्भव छैन । जनताले घरदैलोमा सेवा पाएको महसुस गर्न सक्दैनन् ।’

उनले स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, मनाङ र नवलपुरमा छुट्टाछुट्टै कार्यालय खोल्न स्वीकृति मागेको बताएका छन् ।

६० जनाको कर्मचारी दरबन्दी सहित अख्तियारी दिन सरकारसँग प्रदेशको माग छ ।

संघको मातहतमा रहेको एकमात्र स्वास्थ्य तालिम केन्द्र पनि आफूलाई दिन प्रदेश सरकारको आग्रह छ ।

यसैबीच, बुधबारको बैठकले दुर्इवटा विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको छ । बिजनेस नपाएर बैठक बस्नै नसकेको प्रदेशसभालाई एकैदिन दुर्इवटा विधेयक पठाइएको हो । ‘वर, पीपल र चौतारो संरक्षण विधेयक र गण्डकी प्रदेश सहकारी विधेयक प्रदेशसभामा पठाउने निर्णय भएको छ ।

मन्त्रिपरिषदले ‘प्रदेश आमसञ्चार नीति’ को मस्यौदा मन्त्रिपरिषदकै प्रशासन तथा विधेयक समितिमा पठाएको छ ।

Related News

सम्बन्धित समाचार

    • शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट…
    • ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा स्वीकृत

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा। अनुप गुरुङको राजीनामा…
    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग