सोह्रश्राद्धभर पितृ पुराण महायज्ञ हुने

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७५

लेखनाथ, १३ भदौ। पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित सेती नदीको किनार नयाँ वस्ती र श्यामघाटमा सोह्रश्राद्ध अवसरमा १६ दिने पितृ मोक्ष महायज्ञ हुने भएको छ।

कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा महायज्ञ गर्न लागिएको वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो।

भागवत्रसिक युवागुरु तथा महायज्ञका संकल्पकर्ता ऋषिराम महाराजको मुखारविन्दबाट कथा वाचन हुनेछ । महायज्ञमा संकलित रकमलाई प्रचार प्रसारको कमीले ओझेलमा परेको कालिका मन्दिरको सर्वाङ्गीण विकासमा खर्च गरिने बताएको छ । सोह्र श्राद्धमा घरमा भन्दा नदीको तटमा गएर गरिने पितृ कार्यले दश गुणा बढी फल पाइने शास्त्र विश्वासअनुरुप यज्ञअवधिमा कास्की र तनहुँका धेरै श्रद्धालु भक्तजनहरु आउने महायज्ञका मुल संयोजक विमला थापा बस्नेतले जानकारी दिएकी छन्।

असोज ९ देखि २३ गतेसम्म चल्ने महायज्ञमा संगीतमय वातावरणमा पुराण वाचन, झाँकी प्रदर्शन, राष्ट्रिय कलाकारद्वारा भजन कीर्तन, सवा करोड द्वीप प्रज्ज्वलन लगायत कार्यक्रम हुने प्रचार प्रसार उपसमिति संयोजक गणेशबहादुर केसीले बताए।

महायज्ञमा १००८ शाल्रि्रामको दर्शन गर्ने व्यवस्था समेत रहेको सल्लाहकार रामचन्द्र सिग्देलले बताए ।

महायज्ञ सफल पार्न विभिन्न १२ वटा विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width