बुटवल, १३ भदौ। केही दिनयता देशका विभिन्न ठाउँमा बालिका बलात्कारका घटना सार्वजनिक भैरहँदा बुटवलको एक विद्यालयका प्रिन्सिपल छात्रामाथि दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन्।
बुटवल ११ नहरपुरमा रहेको ज्ञानकुञ्ज सेकेन्डरी इङलिस बोर्र्डिङ स्कूलका प्रिन्सिपल तोयाराम पौडेललाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको हो।
सो स्कूलमा पढ्ने छात्राहरूलाई अभद्र व्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राबासमा रहेका छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कार प्रयाससम्म गरेको आरोप अभिभावक तथा स्थानीयले लगाएका छन्।
सो घटनाले बुधबार बिहानैबाट विद्यालय परिसरमा तनाव समेत सृजना भएको छ। स्थानीय तथा अभिभावकले विद्यालयमा नाराबाजी तथा घेराउ गरेका छन्। उनीहरुले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अम्मर थापाले बताए। विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१