पोखरा, १३ भदौ । जनप्रिय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थी स्वागत गरेको छ । कार्यक्रममा क्याम्पसको अध्ययन सकेेका विद्यार्थीको बिदाइ तथा क्यालेन्डर विमोचन कार्यक्रम भयो।
प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सक्रिय रहन आग्रह गर्दै स्ववियुका रचनात्मक कार्यको प्रशंसा गरे।
क्याम्पस प्रमुख बिरञ्जी गौतमले विद्यार्थीको हक र हितका लागि कलेज सधैँ तत्पर रहने उल्लेख गरे। कार्यक्रममा क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिले स्ववियु र क्याम्पसका विषयमा बोलेका थिए ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, संचालक समितिका कोषाध्यक्ष पिताम्बर बराल, सदस्य तारा गिरी, सदस्य टेकनारायण अधिकारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष कृष्णबाबु बराल, कर्मचारी संघकी अध्यक्ष राधादेवी पौड्याल, विद्यार्थी हित शाखा प्रमुख गोपाल बराल लगायतले जनप्रिय बहुमुखीमा स्ववियुले गरेका कार्यहरुबाट देशभरका अन्य स्ववियु र क्याम्पसले पनि सिक्नुपर्ने भनाइ राखे ।
सो क्रममा विद्यार्थीले रचनात्मक प्रस्तुति राख्दै लक्ष ब्याण्डको सांगीतिक प्रस्तुतिमा पनि रमेका थिए।
कार्यक्रममा अध्यक्षको आसनबाट स्ववियु सभापति आशिक गुरुङले नवआगन्तुक विद्यार्थीको स्वागतका साथै क्याम्पसको अध्ययन सकेर जान लागेका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।
स्ववियु सदस्य गोविन्द महतको स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन स्ववियु सचिव र उपसचिव ध्रुवराज अधिकारी र रञ्जता रेग्मीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०