जनप्रियमा विद्यार्थीको स्वागत

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७५

पोखरा, १३ भदौ । जनप्रिय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थी स्वागत गरेको छ । कार्यक्रममा क्याम्पसको अध्ययन सकेेका विद्यार्थीको बिदाइ तथा क्यालेन्डर विमोचन कार्यक्रम भयो।

प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सक्रिय रहन आग्रह गर्दै स्ववियुका रचनात्मक कार्यको प्रशंसा गरे।

क्याम्पस प्रमुख बिरञ्जी गौतमले विद्यार्थीको हक र हितका लागि कलेज सधैँ तत्पर रहने उल्लेख गरे। कार्यक्रममा क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिले स्ववियु र क्याम्पसका विषयमा बोलेका थिए ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, संचालक समितिका कोषाध्यक्ष पिताम्बर बराल, सदस्य तारा गिरी, सदस्य टेकनारायण अधिकारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष कृष्णबाबु बराल, कर्मचारी संघकी अध्यक्ष राधादेवी पौड्याल, विद्यार्थी हित शाखा प्रमुख गोपाल बराल लगायतले जनप्रिय बहुमुखीमा स्ववियुले गरेका कार्यहरुबाट देशभरका अन्य स्ववियु र क्याम्पसले पनि सिक्नुपर्ने भनाइ राखे ।

सो क्रममा विद्यार्थीले रचनात्मक प्रस्तुति राख्दै लक्ष ब्याण्डको सांगीतिक प्रस्तुतिमा पनि रमेका थिए।

कार्यक्रममा अध्यक्षको आसनबाट स्ववियु सभापति आशिक गुरुङले नवआगन्तुक विद्यार्थीको स्वागतका साथै क्याम्पसको अध्ययन सकेर जान लागेका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।

स्ववियु सदस्य गोविन्द महतको स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन स्ववियु सचिव र उपसचिव ध्रुवराज अधिकारी र रञ्जता रेग्मीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width