शान्ति पत्रकारिता पुरस्कार राजबहादुरलाई

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ । पत्रकार राजबहादुर गुरुङलाई शान्ति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

पूर्णप्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित र प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले गुरुङलाई सिफारिस गरेकोमा युनियनको मंगलबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित छनोट समिति सदस्यमा सरस्वती गुरुङ, गीता विष्ट, प्र्रतिष्ठानतर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल, पदेनसदस्य युनियन जिल्ला अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द सापकोटा थिए।

पोखरालाई आफ्नो कर्मथलो बनाई लामो समय पत्रकारिताको माध्यमबाट सेवा पुर्‍याउँदैआएकोमा उनलाई छनोट गरिएको जनाइएको छ। सो पुरस्कार भदौ २२ मा वितरण गरिनेछ।युनियनका सल्लाहकार गुरुङ पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष समेत हुन्। उनी गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, तमु पत्रकारिता पुरस्कार, पार्वता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघसंस्थाबाट सम्मानित भएका छन्।

अन्नपूर्ण गाउँपालिका-११ मा जन्मेका गुरुङ पत्रकारितामा स्नातक हुन् । २०५१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील उनी हाल युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधानसम्पादक छन्।

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…
  • भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ एम्बुलेन्स र…

hero news full width