भेट्रान्स भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५
VolleyBall 1

पोखरा, १२ भदौ। लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा पोखरामा भदौ १५ देखि १८ सम्म क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ।

नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो।

फाउण्डेशन अध्यक्ष अमृत गुरुङले प्रतियोगितामा पुरुषतर्फ १६, महिलातर्फ ६ तथा भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहने जनाए।

पुरुषतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।महिलातर्फ विजेताले २२ हजार २ सय २२ र उपविजेताले १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् भने भेट्रान्सतर्फ विजेताले १५ र उपविजेताले १० हजार जित्नेछन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विद्यागतरुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने छ। साथै प्रतियोगितामा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width