पोखरा, १२ भदौ ।गजलकार जीवनपानीलाई गजल प्रतिभा पुरस्कार-२०७५ प्रदान गरिने भएको छ।
गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको सो पुरस्कार सन्ध्याका सल्लाहकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
स्याङ्जामा जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह प्रकाशित छन्।
पश्चिमाञ्चल क्षेत्रमा जन्म वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने पुरस्कारलाई देश संघीयतामा गएसँगै प्रादेशिक ढाँचामा ढालिएको छ।
पुरस्कार छनोट समिति सदस्यमा रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री सदस्य तथा सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेनसदस्य थिए।
मोति जयन्तीका अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रले जीवनपानीलाई पुरस्कार अर्पण गरिने सन्ध्याले जनाएको छ।
कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानी गजल, मुक्तक, कविता लेखनमा क्रियाशील छन्। एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट यसपटक जीवनपानीलाई प्रतिभा सम्मान प्रदान गर्न लागिएको अध्यक्ष अमृत सुवेदीले जानकारी दिए।
यसअघि रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी, कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
मिस नेपालको पोखरा अडिसन आज
वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम
सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१