प्रगति मावि व्याडमिन्टन च्याम्पियन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ । अन्तरविद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा प्रगति मावि च्याम्पियन बनेको छ । ओभरअलमा प्रगति २७ अंक बटुल्दै च्याम्पियन बनेको हो ।

फाइनलमा कक्षा ११ र १२ मावितर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृति केसी र स्मृति गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र सलोनी गुरुङको जोडीलाई २१-१३ र २१-११ को सोझो सेटमा पराजित गर्‍यो। स्टेप वाई स्टेपकी राधा अर्याल र सम्झना न्यौपानेको जोडी र शान्ति निकुञ्जकी जीना जलारी र सुकृतिको जोडीले तेश्रो स्थान प्राप्त गरे।

कक्षा ११ र १२ मावितर्फ छात्र डवल्स फाइनलमा गण्डकीका विधान अधिकारी र निकेश खड्काको जाडीले रेन्वोका मोहित सेन र खेमराज गुरुङको जोडीलाई २१-९ र २१-२१-१६ को सेटमा पाखा लगाए। खेलमा सगरमाथाका ओम थापा र अरुण क्षेत्री तथा ग्लोबलको विशेष बस्नेत र बरुण गुरुङको जोडी तेस्रो बन्यो ।कक्षा ११ र १२ मावि छात्रा सिंगल्स फाइनलमा टप्सकी आकृती अधिकारीले जनप्रियकी सविना आचार्यलाई २१-१२ र २१-११ को सेटमा हराइन् । खेलमा ग्लोबलकी सुजिता गुरुङ र शान्तिनिकुञ्जकी जीना जलारी तेस्रो भए ।

छात्र सिंगल्स गण्डकीका विधान अधिकारीले सगरमाथाका ओम थापालाई २१-१६ र २१-७ को सोझो सेटमा हराउँदै प्रथम भए । खेलमा स्टेप बाइ स्टेपका सुदीप भण्डारी र सैनिकका स्पन्दन श्रेष्ठ तेश्रो भए।

कक्षा ९ र १० मावि छात्रा सिंगल्समा टप्सकी प्रजिता गुरुङ प्रथम, अलिशा बलाल द्वितीय, पोखरा लर्नसकी सदीक्षा आचार्य र प्रगतिकी शीतल केसी तृतीय भए। छात्रतर्फ प्रगतिका शशांक अधिकारी प्रथम, सैनिकका काजी थापा द्वितीय, सैनिककै पवन गुरुङ र प्रगतिका ओलिभर गुरुङ तृतीय भए।

कक्षा ९ र १० मावि छात्र डवल्समा प्रगतिका ओलिभर गुरुङ र शशांक अधिकारीको जोडीले सोझो सेटमा सैनिकका पवन गुरुङ र काजी थापाको जोडीलाई हरायो । खेलमा सैनिकका शौरभ बराल र शौरभ थापाको जोडी तथा प्रगतिका आयुष केसी र जीवन श्रेष्ठको जोडी तेश्रो भए।

कक्षा ९ र १० मावि छात्रा डवल्समा टप्सकी प्रजिता गुरुङ र अलिशा बलालको जोडीले प्रगतिका नीरझरा खड्का र शीतल केसीको जोडीलाई फाइनलका पराजित गर्‍यो । खेलमा प्रगतिकी कृति पोखरेल र वीनिता बस्ितलाको जोडी तथा पोखरा एकेडमीको नमूना खड्का र सविना गुरुङको जोडी तेस्रो बन्यो ।

आधारभूत तह छात्रा सिंगल्समा प्रगतिकी नीरझरा खड्का प्रथम, पोखरा एकेडमीकी नमूना खड्का द्वितीय, प्रगतिकी विद्यायिका अधिकारी र येमी गुरुङ तेश्रो भए।

छात्रतर्फ प्रगतिका शशांक अधिकारी र छात्रामा टप्सकी प्रजिता गुरुङ सवोर्त्कृष्ट खेलाडी घोषित हुँदै माउन्टेन बाइक प्राप्त गरे। उदीयमान खेलाडी जनप्रियका अमन गुरुङ, राइजिङ प्लेयर सैनिकका दीपक खत्री घोषित भए । एसओएसले अनुशासितको उपाधि प्राप्त गर्दा सैनिकले वेष्ट ड्रेसको उपाधि पायो। विजेता जनही ७ हजार बराबरको खेल सामग्री पाए।

कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा २ सय ३ जना विद्यार्थीले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width