कालाबाङ घरेडी होमस्टे समुदायलाई

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ । कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।

एशियन फोरमको सहयोगमा चार वर्षअघि शुरु गरिएको सो होम स्टे आगामी दिनमा व्यवस्थापनको जिम्मासहित स्थानीयलाई हस्तान्तरण गरिएको हो।

प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कालावाङमा आयोजित एक समारोहबीच होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरे । लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयतर्फबाट कालावाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा १० लाख सहयोगको घोषणा समेत गरे। गुरुङ, बाहुन र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाइ थियो।

एशियन फोरम नेपालका अध्यक्ष नीरज थापाले पोखरा शहरदेखि १३ किमीमात्र टाढा रहेको कालावाङ घरेडी सबै हिसाबले उत्कृष्ट रहेको बताए। आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै उनले खुशी व्यक्त गरे।

विभिन्न १८ घरधुरीमा सञ्चालित होमस्टे यस वर्ष ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेबाट अवार्ड जितेको थियो।

यसैबीच, एशिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) अध्यक्षमा किस्मतमणि श्रेष्ठ भए। मञ्चको प्रथम उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, द्घतिीय उपाध्यक्ष मेनका पौडेल, महासचिव नीलाम्बर बडाल, कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ (आशिक), सचिवमा विजय गुरुङ, सदस्यमा जुम गुरुङ, रमेश श्रेष्ठ, सन्तोष बोगटी, दमन्ता खड्का र कल्पना पौडेल छन्। कार्यक्रम नीरज थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width