नेतृत्व विकास तालिम

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५
lcci news photo

लेखनाथ, १२ भदौ। लेखनाथ उद्योग वाणिज्य संघले महिला सदस्यलाई व्यवसायतर्फ आर्कषित गर्ने उद्देश्यले नेतृत्व विकास तालिम दिएको छ ।

मंगलबार तालिम शुभारम्भ गदै संघका अध्यक्ष कृष्णहरि भण्डारीले कुनै पनि पेशा व्यवसाय संचालन गर्नका लागि सीप र व्यावसायिक कुशलताको साथमा स्पष्टसँग बोल्न सक्नु पर्ने भएकाले तालिमले व्यवसाय गरिरहेका र व्यवसायतर्फ उन्मुख दुवैलाई सहज हुने बताए ।

तालिम व्यवस्थापन समितिका संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र पूर्व अध्यक्ष बाबुराम गिरीले महिला उद्योगी व्यवसायीहरुमा नेतृत्व विकासको महत्व र उपलव्धिबारे बताए ।

दुर्इ दिनसम्म संचालन हुने नेतृत्व विकास तालिममा ५६ जना व्यवसायीहरुको सहभागिता रहेको छ। तालिममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए। तालिम व्यवस्थापन समिति सदस्य सोमनाथ बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा समितिका सल्लाहकार ऋषिराम जमरकट्टेलले धन्यवाद ज्ञापन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width