खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७५

काठमाडौँ, १० भदौ ।संघीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनुपर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा पुर्‍याइनुपर्नेमा जोड दिए ।

सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरुमा कृष्णभक्त पोखरेल, सोमप्रसाद पाण्डेय, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, देव गुरुङ, नारायणप्रसाद मरासिनी, सूर्यप्रसाद पाठक, विमला विश्वकर्मा, सरलाकुमारी यादव, आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, रेणुका गुरुङ, दुर्गा पौडेल, देवप्रसाद तिमल्सिना र मोहन बानियाँ थिए ।

सांसदले उठाएको विषयको जवाफ दिदै मन्त्री खनालले स्वच्छ र स्वस्थकर खाद्य नागरिकको अधिकारलाई कार्यान्वयन गर्न विधेयकले सहयोग गर्ने बताए । ‘सबै नागरिकलाई खाद्य अधिकार उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ, भूमि वर्गीकरणलाई भूमि ऐन र भू-उपयोग नीतिमा व्यवस्था गरिनेछ, भूमि सुधार ऐन २०२१ लाई पनि संशोधन गरिनेछ, यी सबै कानूनले खाद्य अधिकारको प्रत्याभूति गर्नेछ’ उनले भने ।

कृषि पेशाको संरक्षण र प्रवर्द्धन गर्ने, जैविक खेतीमा जोड दिने, खाद्य वितरणमा अवरोध गरे सजाय गर्ने, किसानको वर्गीकरण, अनुदानको व्यवस्थाजस्ता प्रावधानले खाद्य अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्री खनालको भनाइ थियो । देशमा एक करोड ९० हजार मेटि्रक टन खाद्यान्न मात्र उत्पादन हुने गरेकाले वाषिर्क रु एक खर्बभन्दा बढीको खाद्यान्न आयात गर्ने गरिएको जनाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width