विश्व हिन्दू महासंघ महानगरमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७५
Vishwa Hindu Mahila

पोखरा, १० भदौ । विश्व हिन्दू महासंघ पोखरा महानगर महिला समिति कास्कीको अध्यक्षमा मेनुका बराल चयन भएकी छन्।

समितिको शनिबार सम्पन्न प्रशिक्षण एवम् अधिवेशनले बरालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा सरिता घिमिरे, द्वितीय उपाध्यक्षमा मञ्जु विक, तृतीय उपाध्यक्षमा भगवती पन्त, सचिवमा शान्ति आचार्य, सहसचिवमा सरस्वती हमाल, कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक इन्दिरा कोइरालाले जानकारी दिइन्।

सदस्य मेनुका पोखरेल, मधुरा गिरी, हरिकला गिरी, गंगा त्रिपाठी, पार्वती पनेरु, विमला आचार्य, देवी बराल, श्रीमाया कुँवर, लक्ष्मी अधिकारी, गीता बस्याल, पुष्पा गिरी, नारायणी रेग्मी, निर्मला आचार्य, सरस्वती खत्री, कौशिला बराइली, होमकुमारी बराल, इन्द्र बराइली, शुभ थापा, हर्कली कुँवर, समीक्षा कुँवर र लक्ष्मी देवकोटा चयन भए ।

त्यसअघि प्रमुख अतिथि प्रखरवक्ता चैतन्य कृष्ण महाराजले सहभागीहरुलाई हिन्दू धर्म र संस्कारको विषयमा प्रशिक्षण दिएका थिए। उनले विश्वमा नेपालमा मात्रै नारीको देवीका प्रतीकका रुपमा पूजा गरिने हुँदा नारीको सम्मान गर्नु पर्नेमा जोड दिए। उनले काजक्रियाको समयावधि घटाएर ५ दिन गराउन विषयमा चलेको बहसको खण्डन गरे।

कार्यक्रममा विश्व हिन्दू महासंघ केन्द्रीय उपाध्यक्ष वेदनिधी शर्मा, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल, सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु, पोखरा महानगरपालिका पूर्व उपाध्यक्ष महेन्द्र कार्की लगायतले धर्म रक्षाका विषयमा बोलेका थिए।

विश्व हिन्दू महासंघ पोखरा महानगर महिला समितिका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु विकले स्वागत र वरिष्ठ उपाध्यक्ष मेनुका बरालले सञ्चालन गरेकी थिइन्।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई विश्व हिन्दू महासंघका संरक्षक डा लेखनाथ आचार्यले शपथ ग्रहण गराएका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width