पोखरा, १० भदौ । पोखरा-८, सृजनाचोकस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिको १९ औं वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेफस्कून गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै गुरुङले संस्थाले बदलिदो समय र परिवेश सँगसँगै आफूले प्रदान गर्ने सेवा र सुविधामा समेत परिमार्जन र वृद्धि गर्दै जानुपर्ने आवश्यकता औंल्याए । उनले आजको प्रतिस्पर्धात्मक युगमा सहकारी संस्थाहरुले पनि प्रविधिको अधिकतम् प्रयोग गरी आफ्ना सेयर सदस्यहरुलाई आधुनिक बैकिङ सेवाहरु जस्तै अनलाइन भुक्तानी सेवा, रेमिटेन्स, एबीबीएस र एटीएमलगायतका सेवा प्रदान गर्न आग्रह गरे।
कार्यक्रमका विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले मुलुकको औद्योगिक बिकासमा निजी क्षेत्रको ठूलो लगानी रहेपनि सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको धारणा व्यक्त गरे। उनले विभिन्न स्थानीय सरकारहरुले जारी गरेको कर नीति तथा बैंकहरुको अनियन्त्रित ब्याजदरका कारण व्यवसायीहरु आतङ्कित भइरहेको औंल्याए ।
कार्यक्रमका अर्का अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड, पोखरा शाखाका प्रबन्धक केदार उप्रेतीले मुलुकमा संघीय राज्य व्यवस्था प्रणाली लागु भएसँगै सहकारी संघसंस्थाहरुलाई नियमन गर्न जारी भएका ऐन-नियमहरुमा धेरै परिवर्तन भएकाले सहकारीका सदस्य, सञ्चालकहरु र कर्मचारीहरुले त्यसबारे अद्यावधिक जानकारी लिनुपर्ने औंल्याए । सेयर सदस्य विधाता श्रेष्ठ द्वा, संस्थापक अध्यक्ष बिजय महर्जन, सल्लाहकार एवं निवर्तमान अध्यक्ष आशबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा २०७५ र्एसइइउत्तीर्ण संस्थाका सेयरसदस्यका छोराछोरीहरु आकृति गुरुङ, संस्कृति शर्मा, समीप पौडेल, प्रसिद्ध अधिकारी, कृतिका पौडेल, अनुज गुरुङ, उमेश भारी, सुजन गोदार, स्नेहा चन्द, रोशनी आचार्य, हिमांशु थापालगायतलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
पोखरा भाँडा व्यवसायी संघका अध्यक्षमा निर्वाचित भएकोमा संस्थाका सेयरसदस्य बलराम तिमिल्सिना र निलम्बो नेपालका अध्यक्षमा चयन भएकोमा सेयरसदस्य एकदेव देवकोटालाई समेत खादा ओढाएर सम्मान गरिएको थियो।
त्यसैगरी, आ.व. २०७४/०७५ का लागि सेयरसदस्य इन्द्रबहादुर खड्का, श्री बिक्रम श्रेष्ठ, रामबहादुर खत्री र पदम कुमारी गुरुङलाई असल कारोवारीको रुपमा सम्मानित गरेको थियो । कार्यक्रममा संस्थाको रिसेप्सनिष्ट पदमा कार्यरत् दिलमाया पुजा पुनलाई पनि नगद पुरस्कारसहित वर्षको उत्कृष्ट कर्मचारीको उपाधि प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले स्वागत मन्तव्य र सचिव इन्द्रप्रसाद द्वाले कार्यक्रम संचालन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री इन्द्रप्रसाद द्वाले गरेका थिए भने अध्यक्ष गोदारले अगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमका साथ संस्था अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगका लागि आग्रह गरेका थिए।
वि.सं. २०५९ सालमा स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्थाले गत आ.व. मा एक करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा
संगम सहकारीको १६ औं सभा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०