रत्नमन्दिरमा बृहत् सफाइ अभियान

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
cleaning

पोखरा, ९ भदौ । पोखरामा जारी बृहत् सफाइ अभियान रत्नमन्दिर परिसरसँगैको फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित शनिबार सम्पन्न भएको छ।

‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ संचालित ११७ औं हप्ताको अभियानमा ४५ डोका प्लाष्टिकजन्य फोहरमैला फेवाताल किनारबाट संकलन गरिएको वडा सदस्य हरिकृष्ण पहारीले बताएका छन्।

कार्यक्रममा उपस्थित सहभागीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए।

यसअघि पश्चिम पृतना हेडक्वार्टरका पृतनापति काजीबहादुर खत्रीलाई समग्र पोखरेली समुदायका तर्फबाट कार्यक्रममा स्वागत गरिएको थियो।

यसपटकको अभियानमा ३ वटै सुरक्षा निकाय, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, गण्डकी विकास बैंक, नवील बैंक, माछापुच्छे्र महिला क्लब, खहरे आमा समूह, मितेरी नारी समूह, फेवा डुंगा व्यवसायी समिति, ड्यामसाइड टोल विकास संस्था, जनप्रिय मावि स्काउट समूह, सरस्वती सेकेण्डरी स्कूल शिवालयचोक, क्याम्ब्रिज एकेडेमी स्कूल बैदाम, चण्डिका आमा समूह, युथ नर्स सञ्जाल, टान पश्चिमाञ्चल, महिला पर्यटन व्यवसायी मञ्च, पर्यटन सम्बन्धी विभिन्न संघसंस्थाहरु, दीप युनाइटेड क्लब, विभिन्न क्षेत्रका अभियन्ताहरु लगायत स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन्।

वडाध्यक्ष जगतबहादुर पहारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नविल बैंकका तर्फबाट १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराइएको थियो।

११८ औं हप्ताको अभियान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हुने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width