पोखरा, ९ भदौ। पोखरा वडा १३ स्थित पाटनवेशी टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा १३ औं वाषिर्क साधारणसभाले नरेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा टेकबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा रवी बराल, तृतीय उपाध्यक्षमा लीलावती सुनार, सचिवमा भीमसेन क्षेत्री, सहसचिवमा दुर्गा परियार र कोषाध्यक्षमा टीकाकुमारी भण्डारी छन्। सदस्यमा रामचन्द्र बराल, मीरा सिग्देल, तेजबहादुर सुनार, केशव गौतम, भीमबहादुर थापा मगर, नीलम बिक, मीना अधिकारी, लक्ष्मी बराल र शान्ति तामाङ छन्।त्यस्तै, सल्लाहकारमा शिरोमणि बराल, दामोदर बराल, शिवकुमार भट्टराई, जितबहादुर रसाईली, टीकादेवी पराजुली बराल, क्या. मनबहादुर गुरुङ, सु. चन्द्रबहादुर गुरुङ, डिल्लीराम गौतम र सूर्यनाथ बराल छन्।
साधारणसभाले सहसचिव भीमसेन क्षेत्रीले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष टीका भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
कार्यक्रममा विद्यार्थी मनमाया गौतम, सुदीप रानाभाट, विक्रम श्रेष्ठ, विकास बराल, सुजाता रानाभाट, मौसम सापकोटा, असिममणि बराल, सन्तोष नेपाली, सुनिल गौतम र रुपेशबाबु अधिकारी, ज्येष्ठ नागरिक जुद्ववीर गुरुङ, सुकबहादुर सुनार, पार्वती सुवेदी र मनहर्क रानाभाटलाई सम्मान गरिएको थियो।
साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष दर्शन लामाले सबैको सहभागितामा हुने विकास दिगो हुने बताए।
कार्यक्रममा पाटनवेशी टोल विकास संस्थाका सल्लाहकार शिरोमणि बराल, सम्मानित व्यक्तित्व जुद्ववीर गुरुङ, ताराकुञ्ज बोर्र्डिङ स्कूका प्रबन्धक विष्णु तिमिल्सिना, जनकल्याण समितिका अध्यक्ष देवराज बराल, सिर्जना समर्पित आमा समूहकी अध्यक्ष विष्णुकुमारी कुइकेल, साझा सिद्वार्थ टोल विकास संस्थाका अध्यक्ष नारायण बराल र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोलेका थिए। पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष शिवकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत र सचिव टेकबहादुर तामाङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९