Worldlink ads

पाटनवेशी टोल विकास संस्था अध्यक्षमा अधिकारी

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
Patanbesi

पोखरा, ९ भदौ। पोखरा वडा १३ स्थित पाटनवेशी टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा १३ औं वाषिर्क साधारणसभाले नरेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा टेकबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा रवी बराल, तृतीय उपाध्यक्षमा लीलावती सुनार, सचिवमा भीमसेन क्षेत्री, सहसचिवमा दुर्गा परियार र कोषाध्यक्षमा टीकाकुमारी भण्डारी छन्। सदस्यमा रामचन्द्र बराल, मीरा सिग्देल, तेजबहादुर सुनार, केशव गौतम, भीमबहादुर थापा मगर, नीलम बिक, मीना अधिकारी, लक्ष्मी बराल र शान्ति तामाङ छन्।त्यस्तै, सल्लाहकारमा शिरोमणि बराल, दामोदर बराल, शिवकुमार भट्टराई, जितबहादुर रसाईली, टीकादेवी पराजुली बराल, क्या. मनबहादुर गुरुङ, सु. चन्द्रबहादुर गुरुङ, डिल्लीराम गौतम र सूर्यनाथ बराल छन्।

साधारणसभाले सहसचिव भीमसेन क्षेत्रीले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष टीका भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

कार्यक्रममा विद्यार्थी मनमाया गौतम, सुदीप रानाभाट, विक्रम श्रेष्ठ, विकास बराल, सुजाता रानाभाट, मौसम सापकोटा, असिममणि बराल, सन्तोष नेपाली, सुनिल गौतम र रुपेशबाबु अधिकारी, ज्येष्ठ नागरिक जुद्ववीर गुरुङ, सुकबहादुर सुनार, पार्वती सुवेदी र मनहर्क रानाभाटलाई सम्मान गरिएको थियो।

साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष दर्शन लामाले सबैको सहभागितामा हुने विकास दिगो हुने बताए।

कार्यक्रममा पाटनवेशी टोल विकास संस्थाका सल्लाहकार शिरोमणि बराल, सम्मानित व्यक्तित्व जुद्ववीर गुरुङ, ताराकुञ्ज बोर्र्डिङ स्कूका प्रबन्धक विष्णु तिमिल्सिना, जनकल्याण समितिका अध्यक्ष देवराज बराल, सिर्जना समर्पित आमा समूहकी अध्यक्ष विष्णुकुमारी कुइकेल, साझा सिद्वार्थ टोल विकास संस्थाका अध्यक्ष नारायण बराल र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोलेका थिए।  पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष शिवकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत र सचिव टेकबहादुर तामाङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width