पोखरा, ९ भदौ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा दशौं बुद्धिचाल विद्यालयस्तरीय प्रतियोगिता शनिबार शुरु भएको छ।
३ दिनसम्म चल्ने प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाले सहभागिता जनाएका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जीवनमा धैर्यता, अनुशासन र खेल भावनालगायत नयाँ गुणहरु सिकाउने उल्लेख गरे ।
संघका जिल्ला अध्यक्ष कर्णगुरुङको अध्यक्षतामा भएको कार्यक्रमका कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, कास्की जिल्ला ब्याडमिन्टन संघका सचिव नवीन शाही, माधव पहारी लगायतले बोलेका थिए ।
प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई रनिङ शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक गुरुङ स्टोन हाउस हो ।
Related News
सम्बन्धित समाचार
हारबाट सिक्छ गण्डकी भलिबल
पलेसालाई बधाईको ओइरो
अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स
काभा भलिबलका खेलाडीलाई सरकारको सम्मान
लमजुङ एफसी च्याम्पियन
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हर्षोल्लासका साथ मनाइयो तीज
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१