Worldlink ads

सहकारीमा वित्तीय अनुशासन महत्त्वपूर्ण : तिवारी

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
david

पोखरा, ९ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भयो।

साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारीमा वित्तीय अनुशासन ठूलो कुरो हो भन्दै यसमा सचेत रहन सुझाव दिए। सहकारीमैत्री कानून निर्माणमा स्थानीय तह लागिपरेको र आगामी दिनमा सहकारीलाई ऐनकानुन अनुकूल लैजानुपर्ने उनको भनाइ थियो। मुलुकभर हाल ३३ हजार सहकारीमध्ये आधाजसो बचत तथा ऋण सहकारी रहेको जानकारी दिँदै तिवारीले सहकारीमा हाल ६० लाख मानिस आबद्ध रहेको बताए।

धादिङका जिल्ला न्यायाधीवक्ता योगनाथ ढकालले कानूनको घेराबाट बाहिर जान नहुने र उत्कृष्ट काम गर्दै जान सहकारीलाई सुझाव दिए।

कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भेषराज बरालले सहकारीको समसामयिक अवस्थाबारे जानकारी दिए।

कार्यक्रममा सेयर सदस्य समेत रहेका पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल,

गुप्तेश्वर गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल, मुक्तिनाथ विकास बैंक छोरेपाटन शाखा प्रबन्धक शकुन्तला बराल, लुम्बिनी विकास बैंक छोरेपाटन शाखा प्रबन्धक रामचन्द्र बराल, इन्द्रेणी सहकारीका अध्यक्ष सागर अधिकारी, गुप्तेश्वर महिला बचत सहकारीका अध्यक्ष सीता बराल, बिरौटा बचत सहकारीका अध्यक्ष राजेन्द्रबहादुर गुरुङ, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका वरिष्ठ सहायक नवप्रसाद ढकाल, सेयर सदस्य युवराज लामिछाने युवक, सेयर सदस्य दीपकप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सहकारीको उत्कृष्ट कारोबारीको रुपमा शिवराज पौडेल, रविलाल पहारी, भरतप्रसाद पोखरेल, तिलबहादुर शाही, लक्ष्मीप्रसाद बराल र धनमाया खत्रीलाई सम्मान गरियो।

यस्तै, सेयर सदस्यको छोराछोरीमध्ये विभिन्न तहमा उत्कृष्ट हुनेमध्ये प्लस टुतर्फ सविता सुवेदी, स्नातकतर्फ अस्मिता पहारी, स्नातकोत्तरतर्फ काजोल लिम्बुलाई पुरस्कृत गरियो।

सहकारी अध्यक्ष राजन अधिकारी, लेखा समिति संयोजक तेजप्रसाद ढकाल, कोषाध्यक्ष श्यामकुमार श्रेष्ठ र संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले कार्यपत्र पेस गरेका थिए ।

सहकारी अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीष्मजी कार्की र संचालन सचिव राजेन्द्रबहादुर थापाले गरेका थिए। सहकारीको सात सिद्धान्त वाचन शिक्षा उपपसमिति संयोजक शर्मिला बरालले वाचन गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्की सचिव ज्ञानेश्वर सुवेदीले गायन तथा सहकारी कर्मचारी मनिता राई र भगवती केसीले नृत्य प्रस्तुत गरेका थिए।

संस्थाको पुँजी ४ करोड ८ लाख ९३ हजार, कर्जा लगानी १७ करोड ४२ लाख र बचत १२ करोड ४८ लाख रुपैयाँ रहेको सहकारीका प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए।

पोखरा-१७, डेभिड फलस्थित सो सहकारीमा ५ सय ११ महिला र ५ सय १७ जना पुरुष सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग