ब्रिटिसमा ३ सय २० जना

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५

पोखरा, ७ भदौ। यस वर्ष ब्रिटिस आर्मीमा ३ सय २० जना भर्ती हुने ब्रिटिस गोर्खाज नेपालले जनाएको छ। त्यसमध्ये ब्रिटिस आर्मीका लागि केन्द्रीय छनौटमा ५ सय ८० जना सम्भावित रेक्रुट सामेल गराई अन्तिममा ३ सय २० जना छानिने विहीवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।

सिंगापुर पुलिसका लागि केन्द्रीय छनौटमा २ सय रेक्रुट छनौट गरी १ सय २० जनालाई भर्ति गरिने छ ।

ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसका लागि भर्ति निःशुल्क, निष्पक्ष र पारदर्शी हुने मेजर स्याण्डी नाइटिङ्गेलले जनाए।

‘ब्रिटिस आर्मीमा भर्ति हुनका लागि पैसाको खाँचो पर्दैन,’ मेजर नाइटिङ्गेलले उल्लेख गरे, ‘धनी, गरिब, तल्लो र उपल्लो जातको आधारमा पनि भेदभाव गरिँदैन। कुनै पनि प्रकारको घूसखोरी र भ्रष्टाचारको प्रयास कसैबाट भएमा प्रहरीमा खबर गरिनेछ।’

उनले भर्ति गर्ने कार्यमा काठमाडौं र युकेका नियमक इकाइमार्फत गहन रुपले निर्देशित हुने औंल्याए। ‘हरेक सम्भावित रेक्रुटको हरेक परीक्षणको प्राप्ताङ्क अंकलाई दोहोर्‍याइ-तेहर्‍याइ हेछौ,’ मेजर नाइटिङ्गेल भने, ‘यदि कुनै सम्भावित रेक्रुट कुनै स्वास्थ्य वा शैक्षिक परीक्षणमा असफल भए ब्रिटिस अधिकृतबाट पुनः परीक्षण गराइन्छ।’

मेजर नाइटिङ्गेलले ब्रिटिस आर्मीमा भर्ना हुन सबै जनालाई आवेदन दिने तरिका र आवश्यक मापदण्डबारे समान जानकारी दिने उल्लेख गरे। भिडियो, प्रशिक्षणका कार्यक्रम, अन्तरवार्ता र लिखित परीक्षणहरुको नमूना वेबसाइटमा राख्ने गरेको मेजर नाइटिङ्गेलले बताए।

‘यदि कुनै सम्भावित रेक्रुट विफल भए उसलाई विफल हुनाको कारण बताइन्छ,’ मेजर नाइटिङ्गेलले भने, ‘क्षेत्रीय छनौटअन्तर्गत अन्तर्वार्ताको अन्त्यमा हामी सम्भावित रेक्रुटलाई भविष्यमा कसरी अझै सुधार गर्न सकिन्छ भनेर सुझावसमेत दिने गरेका छौं।’

भर्ति प्रक्रिया करिब १ वर्षसम्म लाग्ने र विज्ञापन, दर्ता, क्षेत्रीय छनौट र केन्द्रीय छनौट गरी चार चरणमा भर्ति प्रक्रिया पूरा हुनेछ ।

भर्तिका लागि नेपालका प्रत्येक जिल्लामा पुगेर त्यहाँका नागरिकलाई छनौट प्रक्रियाबारे जानकारी दिने, संचारमाध्यममार्फत विज्ञापन दिने र ब्रिटिस आर्मीको वेबसाइटबाट समेत सूचना दिने ब्रिटिस गोर्खाज नेपालले जनाएको छ। भर्तिका लागि पोखरा र धरानमा एकै साथ दर्ता प्रक्रिया संचालन गरिने र आवेदकले आफ्नोर्र् इच्छा बमोजिम फाराम भर्न सक्नेछन्। केन्द्रीय छनौटका लागि पहिले पोखरामा र पछि धरानमा क्षेत्रीय छनौट हुनेछ । पोखरामा केन्द्रीय छनौट गरिने बताइएको छ। पोखरामा नै सम्भावित रेक्रुटहरुको मुख्य र अन्तिम छनौट हुनेछ। केन्द्रीय छनौटमा उत्तीर्ण रेक्रुटहरुले कसम खाने, परेड गर्ने र ब्रिटिस आर्मीमा औपचारिक रुपमा सामेल हुनु पूर्व आफ्ना परिवारजनसँगसमेत भेटघाट गर्न पाउनेछन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width