Worldlink ads

राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकमा किरण

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५

पोखरा, ७ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा पोखराका किरण श्रेष्ठ नियुक्त भएका छन्। पोखराबाटै खेल जीवन शुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलको प्रशिक्षकमा फड्को मारेका हुन्।

आगामी भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपका लागि अखिल नेपाल फूटबल संघ -एन्फा)ले किरणलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएपछि उक्त स्थानमा किरणलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।

४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए। लिग तथा राष्ट्रिय प्रतियोगितामा जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका उनी सो टिमको कप्तानी समेत गरेका थिए।

सहारा क्लब पोखराको टिम प्रशिक्षकमा रहेर लामो समयदेखि कार्यरत किरणले हाल एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रुपमा ग्रासरुट फुटबलमा समेत जिम्मेवारी सम्हालेका छन्। एन्फा कास्कीले सञ्चालन गरेको ग्रासरुटका विभिन्न कार्यक्रममा किरणले प्रशिक्षण दिने गरेका छन्। राष्ट्रिय टिमको प्रशिक्षकका बन्न एसियाली फूटबल परिषद् (एएफसी)बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधान छ । किरणले सो लाइसेन्स प्राप्त गरिसकेका छन् ।

राष्ट्रिय टिम प्रशिक्षक बनिसकेका पोखराका कृष्ण थापा हाल एन्फाको उपाध्यक्ष समेत छन्। यसअघि पोखराका पूर्व राष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यु-१६ फुटबल टिमको प्रशिक्षक सम्हालेका थिए।

एन्फाले राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई बुधबारै कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइसकेको थियो ।

Related News

सम्बन्धित समाचार

    • नेपालकै पहिलो फुटसल लिग गर्न पोखरा तयार

      धनबहादुर गुरुङ भाद्र २९, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै पहिलो पटक पोखरामा फुटसल लिग गर्दै छ । एन्फाअन्तर्गतको एन्फा फुटसल…
    • स्पोर्टस् क्यासललाई अंशुभराको साथ

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      पोखरा । नेसनल फुटसल लिग खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाइल, रियलस्टेट, हस्पिटालिटी,…
    • कास्की तेक्वान्दो संघको पदस्थापन

      आदर्श समाज सम्वाददाता भाद्र २१, २०७८
      पोखरा  । कास्की जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष एवं…
    • दीपक परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

      आदर्श समाज सम्वाददाता भाद्र १८, २०७८
      पोखरा, १८ भदौ । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । सहारा क्लब पोखराले…
    • पोखरामा हाप्किडोको बन्द प्रशिक्षण

      आदर्श समाज सम्वाददाता भाद्र १४, २०७८
      पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads