राप्रपा कास्कीको विस्तारित बैठक

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५

पोखरा, ७ भदौ। राप्रपा कास्कीको बुधबार सम्पन्न विस्तातिर बैठकले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म सुदृढिकरणबारे छलफल गरेको छ ।

बैठकले सदस्यता वितरणका विषयलाई जोड दिँदै अब पार्टीविचलित नभइकन आफ्ना सबै तह र तप्काका व्यक्तिहरुलाई अगाडि बढी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था अपरिहार्य रहेको औंल्याइएको थियो।

गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले राष्ट्रियता बचाउन एकमात्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीभएको बताउँदै सबै हिन्दूवादी नेताहरुलाई एकजुट भई नेपालमा सनातन हिन्दु राष्ट्र कायम गर्न र संवैधानिक राजसंस्था देशको लागि अपरिहार्य भएको बताए।

कास्की जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न बैठकमा राप्रपा गण्डकी प्रदेशका पदाधिकारीहरु, विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width