लायन्स क्लब सुनगाभाको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५
sungava

लेखनाथ, ७ भदौ। लायन्स क्लब अफ लेखनाथ सुनगाभाले विहीवार पोखरा वडा २७, अघौर्चोकमा खुला रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ।

लायन्स क्लब इन्टरनेश्नल ३२५ वी १ नेपाल अन्तर्गत रिजन ४ र जोन ८ भित्र पर्ने सुनगाभाको वाषिर्क कार्यक्रमअन्तर्गत सो कार्यक्रम भएको हो।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले रक्तदानका फाइदा र यसले मानव शरीरमा पार्ने सकारात्क प्रभावका बारेमा सबैजना जानकार हुनु पर्नेमा जोड दिएका थिए।

क्लब अध्यक्ष इन्दिरा रोक्काको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्टिक ३२५ वी १ नेपालका सचिव राम बस्याल, रिजन ४ का अध्यक्ष मधुसुधन कोइराला, जोन ८ का संयोजक सूर्यनारायण बराल, कमिटी चियरपर्सन मेजर रामप्रसाद गुरुङ र वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल लगायतले लायन्स गतिविधिबारे चर्चा गरेका थिए। कार्यक्रम संयोजक गिमाया गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष ऋतु पौडेलले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width