सबै वडामा प्रसूति सेवा

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५

पाल्पा, ४ भदौ। रम्भा गाउँपालिकाका ५ का स्वास्थ्य चौकीहरुबाट प्रसूति सेवा संचालनमा ल्याइएको छ। यस्तै, ३ स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन भएको छ।

गाउँपालिकाभित्रका घरमा शून्य सुत्केरी कार्यक्रमलाई सफल बनाउन सबै स्वास्थ्यचौकीहरुबाट प्रसूति सेवा लागू गरेको हो।

गाउँपालिकाले स्वास्थ्य सेवा प्राथमिकतामा राखेर घरमा सुत्केरी शून्य बनाउने र प्रयोगशाला मार्फत रोग पहिचानमा सहज बनाउने प्रयासमा लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। भौतिक पूर्वाधार निर्माण, कर्मचारीको व्यावस्थापन, आवश्यक उपकरण र औषधीको व्यावस्थापन भएको छ।

महिला प्रजनन् र मातृ शिशु स्वास्थ्य ध्यानमा राखेर आमा र बच्चा दुवैलाई सुरक्षित बनाउने खोजिएको र जन्मदर्ता गराउन वडा कार्यालय पुगेको बेला पोषण प्रोत्साहन स्वरुप एक हजार पाँच सय गाउँपालिकाले दिएको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन्।

गाउँपालिकाले बिरामीहरुलाई अनुमानको भरमा औषधी गर्न बाधयतालाई हटाउन हुँगी र पीपलडाँडा स्वास्थ्य चौकी र ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला संचालन गरेको छ।

मासिक औषत दुर्इ सय बिरामीले प्रयोगशालाबाट सेवा परीक्षण गरेर मात्र औषधि वा थप उपचार लिएका छन्। जसले गर्दा बिरामीले रोगको सही औषधि र उपचार पाएका छन् भने कम खर्चिलो र कम झन्झटिलो समेत भएको छ।

गाउँपालिकाले ४० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बिमा गरिएको छ भने मुटु तथा मृगौला रोगीहरुलाई प्रतिबिरामी १० हजार रुपैयाँ दरले रकम सहयोग दिएको छ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width