Worldlink ads

कर फिर्ता लिन माग

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५
Kar Firta, Congressko Mag

पोखरा, ३ भदौ। नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ।समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दरभन्दा दायरालाई फराकिलो पार्नुपर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षणपत्रमा बढाइएको कर फिर्ता नलिए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रमका साथ अघि बढ्ने चेतावनीसमेत दिइएको छ ।

ध्यानाकर्षणपत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिदाँ नगरबासिलाई नकारात्मक प्रभाव परेको उल्लेख छ ।

२०७२ असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकिकृत सम्पत्ति कर लागु गर्दा आगामी ५ वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।

त्यस्तै, कर बढाउने नाममा एकै व्यत्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेकोभन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु गर्न पनि माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width