इनरव्हिल मिडटाउनद्वारा बृद्वबृद्वालाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५
pokhara midtown

पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ ।

क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिइन् ।

सो कार्यक्रमका लागि क्लबकी पूर्वअध्यक्ष शारदा शर्मा, भक्ति गुरुङ, अनिला श्रेष्ठ, उपाध्यक्ष अम्बु कर्माचार्य, आइएसओ किशोरी गोदार, सदस्यहरु जुनादेवी थापा, अञ्जु नेपाली, मिना शर्माले खाद्यान्न सहयोग गरेका थिए । कार्यक्रम आयोग्य आश्रमका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसअवसरमा क्लबकी पूर्वअध्यक्ष शारदा शर्माले बोलेकी थिइन् । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष सावित्री नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पार्वती पाण्डेले स्वागत र सचिव सावित्री थापाले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width