पोखरा, २ भदौ । पोखरामा जारी अन्तरक्लब खुला पुरुष बीच भलिबल प्रतियोगितामा शनिबार सशस्त्र कालिका गण एपीएफ एले मादी गाउँपालिकालाई २१-१६ र २१-१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको छ ।
अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २१-१५, १५-२१ र १५-८ ले हराउँदै अन्तिम चारमा पुग्न सफल भयो ।
यस्तै, एपीएफ बीले कास्की जिल्ला भलिबल संघ डीलाई २१-११ र २१-१३ सोझो सेटमा र कास्की जिल्ला भलिबल संघ एले कास्की जिल्ला भलिबल संघकै बी टिमलाई १३-२१, २१-१५ र १५-१३ ले हराउँदै विजयी यात्रा सुनिश्चित पारेका छन् ।
आइतबार सशस्त्र प्रहरी कालिका गणको एपीएफ बी र पश्चिमाञ्चल भलिबल तथा एपीएफ ए र कास्की जिल्ला भलिबल संघबीचको सेमीफाइनल हुनेछ । आइतबार दिउँसो नै फाइनल हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । साथै विधागत पुरस्कारसमेत वितरण गरिनेछ ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९