कोफी अन्नानको निधन

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७५
kofi

स्विट्जरल्याण्ड, २ भदौ । राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उनी ८० वर्षका थिए ।

पूर्वमहासचिव अन्नानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ ।

घानामा जन्मेका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसंघको प्रमुखका रूपमा दुर्इ कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका भूतपूर्वमहासचिव कोफी अन्नानको स्विटजरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, ‘अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।’

उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अप्रिmकी नागरिक थिए ।

सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए ।

अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसंघको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गरेका थिए । अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए ।

अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कूटनीतिक नियोगहरूमा १ हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width